गढिमाई मेलामा सडक बनाउन १६ करोड बढीको योजना स्वीकृत

समाचार

       

काठमाडौं, १७ असोज । बाराको बरियापुरमा प्रत्येक ५ बर्षमा लाग्ने विश्व प्रसिद्व गढिमाईको भव्यरुपमा मनाइने पुजा तथा मेलामा सडक निर्माण गर्न १६ करोडभन्दा बढीको योजना स्वीकृत भएको छ ।

समाजवादीका महासचिव रामसहाय प्रसाद यादवले योजना छनौट तथा त्यसको कार्यान्वयनको लागि लगातार पहल गर्दै आएकोमा त्यस क्षेत्र र वरपरको स्थानको सडक निर्माण तथा मर्मतका लागि नेपाल सरकारबाट १६ करोड ५७ लाख ९१ हजारको योजना स्वीकृत भएको छ ।

यादवले गढीमाई मेलालाई मध्यनजर गर्दै खानेपानी र शौचालयको व्यवस्थापन गर्नका लागि सम्बन्धित मन्त्रालयको समेत गम्भीर ध्यानाकर्षण गराएका छन् ।

उनले खानेपानी, स्वास्थ्य संचार तथा अन्य पुर्वाधार विकासका लागि मैले गत भाद्र ९ गते संसदको बिशेष समय लिएर सरकारको ध्यानाकर्षण गराएको थिए ।

तपाईको प्रतिक्रिया