साहित्य परिषद्को शपथग्रहण

समाचार

       

राजविराज, २६ असोज । मैथिली साहित्य परिषद् राजविराजका नवनिर्वा्चित पदाधिकारीहरुलाई एक समारोहबीच शपथग्रहण एवम् पदस्थापन गराइएको छ ।
परिषद्का निवर्तमान अध्यक्ष प्रा. अशोककुमार झाको अध्यक्षतामा आयोजित समारोहमा निर्वाचन समितिका प्रमुख पूर्वप्रधानाध्यापक नथुनी दासले नवनिर्वाचित अध्यक्ष सतिशकुमार दत्तलाई शपथग्रहण गराए ।
गत असोज ११ गते सम्पन्न निर्वाचनबाट सतिशकुमार दत्तको अध्यक्षतामा उपाध्यक्षमा श्यामसुन्दर यादव, सचिवमा अजयकुमार झा, उपसचिवमा पंकजकुमार झा र कोषाध्यक्षमा अमरकान्त झा निर्वाचित भएका थिए ।
उक्त समितिमा जिबछ दास, मिथिलेशकुमार यादव, चन्दन यादव, भूपेशकुमार भूप, विद्यानन्द राम र ध्रुबकुमार मण्डल निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया