‘भारतको वास्तविक समस्या पाकिस्तान’

समाचार

       

काठमाडौं, २६ असोज । राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख अरुण कुमारले भारतको वास्तविक समस्या पाकिस्तान भएको बताएका छन् ।

ठमाडौंमा नीति अनुसन्धान प्रतिष्ठान र नेस्नल ल कलेजले संयुक्त रुपमा आयोजना गरेको आर्टिकल ३७० अफ दी कन्सिटिट्युसन अफ इन्डियाः पर्सेप्सन एन्ड रियालिटी विषयक अन्र्त्क्रियामा बोल्दै जम्मु काश्मिरबारे भारत सरकारले ३७० धारा खारेज गर्ने निर्णय गरेपछि पाकिस्तान संयुक्त राष्ट्रसंघ या कुनैपनि अन्तर्रा्ष्ट्रिय संस्थामा जानु औचित्यहीन हुने जिकिर गरे । उनले भने, ‘युएनमा काश्मिरको मामलामा जाने पाकिस्तानको कदम असान्दर्भिक भइसकेको छ ।’ 

पाकिस्तानले जम्मु काश्मिरलाई दुनियाँको कुनै वैधानिक स्थानमा दाबी नगरेको बताए । उनले प्रश्न गरे, ‘के पाकिस्तानले कहीं जम्मु काश्मिरमा आफ्नो वैधानिक दाबी प्रस्तुत गर्न सकेको छ ?’ ‘भारत र पाकिस्तानबीच १९७२ मा भएको सिमला सम्झौता अनुसार दुई देशबीच उत्पन्न हुने कुनैपनि समस्या द्धिपक्षीय छलफलबाट समाधान गर्ने उल्लेख भइसकेको छ,’ अरुण कुमारले भने, ‘सम्झौता अनुसार पाकिस्तान यस मामलामा युएन पनि जान मिल्दैन ।’ पाकिस्तानसँग हरेक मामलामा कुराकानी गरेर समस्या समाधान गर्न खोज्दा भारतलाई मात्र आतंकवाद मिलेको बताए । उनले भने, ‘हामीले कुराकानीका लागि वातावरण बनायौं तर जवाफमा आतंकवादी हमला मात्र मिल्यो ।’ 

जम्मु काश्मिरबारे भारत सरकारले चालेको कदमको संसारभरबाट समर्थन र स्वागत आइरहँदा दुनियाँको एउटा देशलाई मात्र टाउको दुखाई भएको बताए । ‘भारतले सँसारभरबाट समर्थन पाउने क्रम चलिरहेको छ र यो दुनियाँभरबाट आउनुपर्छ,’ उनले भने, ‘जम्मु काश्मिरको ३७० धाराबारे पाकिस्तानले मात्र प्रश्न उठाएको छ बाँकी विश्व भारतको साथमा छ ।’

तपाईको प्रतिक्रिया