प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

समाचार

       

जनकपुरधाम, २६ असोज । मुख्यमन्त्री लालबाबु राउतले प्रहरीलाई प्रविधीयुक्त र साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाल प्रहरीको ६४ औं स्थापना दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ ले जनकपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले पुरानै ढर्राले शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नसकिने भएकाले आफनो स्रोत साधनले भ्याए सम्म प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउन आफुहरु प्रतिबद्ध रहेको बताए । उनले नयाँ नयाँ प्रविधिको विकासले अपराधीहरु पनि त्यही प्रविधिहरुले प्रयोग गरि रहेको हुनाले त्यस्ता अपराधहरु

नियन्त्रणको लागी प्रहरीलाई प्रविधियुक्त बनाउनुको विकल्प नरहेको उल्लेख गरे । 

मुलुक नयाँ संरचनामा गई सकेको अवस्थामा प्रहरीलाई समेत सोही अनुरुप आफुमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गर्नु हुँदै उनले मुस्कान सहितको सेवालाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए । 

प्राकृतिक विपदको समयमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै मुख्यमन्त्री राउतले जनता र प्रहरी बीचको सम्बन्धलाई त्यही अनुरुप अगाडी बढाउनु पर्ने आवश्यकता औल्याए । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुर उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्ण हरी पुस्कर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया