गोली हानेर युवकको हत्या

समाचार

       

रौतहट, २७ असोज । भारतबाट भारतीय नम्बर प्लेटकै मोटरसाइकलमा तीन जना रौतहट पसेर एक जनालाई गोली हानेका छन् ।
रौतहटको ईशनाथ नपा ६ मा भारतीय सीमाभन्दा एक किलोमिटरभित्र नेपालतिर एकान्तमा गोली हानी फेरि भारततिरै फरार भएको स्थानीयको भनाइ छ ।
गोली लागेका अन्दाजी २३ वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको छ । युवकको पहिचान खुल्न सकेको छैन् । युवक भारतीय नै भएको स्थानीयको अनुमान छ । घटनाको विषयमा प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तपाईको प्रतिक्रिया