संगठन विस्तार तथा सुदृढीकरणबारे समाजवादी छलफलमा

समाचार

       

काठमाडौं, २७ असोज । समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा पार्टी समायोजन लगायतका विषयमा छलफल हुने प्रचार प्रसारका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । 

तत्कालिन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच भएको एकीकरणपछि पार्टीभित्र समायोजनको काम शुरु भएको छ । त्यसको समिक्षा गर्नुको साथै समायोजनका बाँकी रहेका कामलाई पूर्णता दिनेबारे पनि छलफल हुनेछ ।

साथै संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे पनि बैठकमा छलफल हुनेछ । बैठकमा राजपा लगायतका पार्टी तथा संगठनहरुसँग एकता तथा ध्रुवीकरणका बारेमा पनि छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया