भारतमा टेलिकमको ‘डेटा रोमिङ प्याक’

अर्थ/वाणिज्य

       

काठमाडौं, ४ कार्तिक । भदौं २० गतेदेखि भारतमा आफ्नो डेटा रोमिङ सेवा उपलब्ध गराएको नेपाल टेलिकमले यसको प्याक सुविधा पनि सरुु गरेको छ ।

यही शुक्रबारदेखि लागु हुनेगरी भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि यस्तो सुविधा उपलब्ध रहेका टेलिकमले जनाएको छ । भारतमा डेटा रोमिङ प्याकअन्तर्गत टेलिकमले प्रयोगकर्तालाई तीन विकल्प दिएको छ । जसमध्ये दैनिक प्याकअन्तर्गत २४ घन्टासम्म प्रयोग गर्ने सकिने एक सय एमबीको प्याक सुविधा रहेको छ ।

यसको मुल्य कम्पनीले १२५ रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै साप्ताहिक प्याकअन्तर्गत ५५५ रुपैयाँमा पाँच सय एमबी डेटा प्याकको अर्को विकल्प दिइएको छ ।

तपाईको प्रतिक्रिया