कीर्तिपुरमा प्राइमको शाखा

अर्थ/वाणिज्य

       

काठमाडौं, ६ कार्तिक । आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले कीर्तिपुर नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९६ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका विच बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले शाखा कार्यालय कीर्तिपुरको समुदघाटन गरेका हुन् ।

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया