वीरगन्जमा चलचित्र महोत्सव सुरु

समाचार

       

वीरगञ्ज, २१ कार्तिक । चलचित्र निर्माता संघकोे आयोजनामा वीरगन्जमा आजदेखि चलचित्र महोत्सव सुरू भएको छ । ‘स्वर्णिम चलचित्र महोत्सव’ नाम दिईएको सो महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । 

महोत्सव उद्घाटनअघि चलचित्र कलाकारहरु प्रभातफेरिमा सहभागी भएका थिए । घण्टाघरबाट सुरु भएको प्रभात फेरि रंगशालासम्म पुगेको थियो ।
चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि महोत्सव आयोजना गरिएको निर्माता संघले जनाएको छ ।

महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा पनि नेपाल आएका छन् । नेपालका पनि पूरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरु वीरगन्ज पुगेका छन् ।

तपाईको प्रतिक्रिया