रौतहटको गरुडा नगरपालिकाले गर्न सकेन परिषद्

समाचार

       

रुपेन्द्र पटेल, रौतहट, २१ कार्तिक । रौतहटको जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाले असारमा परिषद् थालेको भएपनि अहिलेसम्म परिषद् सम्पन्न नगरेका कारण विकास निर्माणको काम प्रभावित भएको छ ।

नगरपालिकाले अहिलेसम्म वडाबाट सिलिङ समेत माग नगरेको र नगरप्रमुखको मनोमानी बढ्दै गएको भन्दै मेयर बाहेकका दलले चर्को बिरोध जनाएका छन् । गरुडा नगरपालिकामा असार यता कर्मचारीलाई तलव खुवाउने बाहेकको काम नभएको एकजना कार्यपालिका सदस्यले बताए । नगरपालिकामा मेयरका छोरा हाबी भएका कारण गएका बर्षहरुमा समेत काम प्रभावकारी हुन नसकेको गुनासो बढ्दै जान थालेको छ ।

कागजमा मात्र विकासको काम हुने गरुडा नगरपालिकामा मेयरका विरुद्ध अन्य दलले तालाबन्दी गर्ने तयारी गरेको सामचार स्रोतले बताएको छ । कर्मचारी माथि समेत मेयर हाबी भएका कारण काम हुन नसकेको कार्यपालिका सदस्यहरुको भनाइ रहेको छ ।

गरुडा नगरपालिकाबाट गत आर्थिक बर्षमा भएको कामको भुक्तानी अहिलेसम्म उपभोक्ता समितिले पाउन नसकेको उपभोक्ता समितिका सदस्यहरुको भनाइ रहेको छ । यस आर्थिक बर्षको विकास बजेटको कुनै टुंगो नलागेका कारण नगरको विकास निर्माण प्रभावित भएको स्थानीय बासिन्दाले बताएका छन् ।

तपाईको प्रतिक्रिया