स्वास्थ्य संस्थाहरुलाई आधुनिक एम्बुलेन्स वितरण

समाचार

       

धनगढी, २१ कार्तिक । सुदुरपश्चिम प्रदेश सरकारले स्वास्थ्य संस्थाहरुलाई आधुनिक एम्बुलेन्स वितरण गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा खरिद गरी सामाजिक विकास मन्त्रालय अन्तर्गत बुधबार एम्बुलेन्स वितरण गरिएको हो । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले एक कार्यक्रमका बीच स्वास्थ्य संस्थालाई १६ वटा एम्बुलेन्स हस्तान्तरण गरे ।

सो आधुनिक एम्बुलेन्स कैलालीको सेती प्रादेशिक अस्पताल, कञ्चनपुरको महाकाली अञ्चल अस्पताल, डोटीको जिल्ला अस्पताललाई उपलब्ध गराईएको छ भने अछाममा जिल्ला अस्पताल, कमल बजार स्वास्थ्य चौकी, बान्नीगढी स्वास्थ्य चौकी र बाब्ला स्वास्थ्य चौकीलाई चारवटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया