आर्थिक वृद्धिदर उत्साहजनक : प्रचण्ड

राजनीति

       

बाँके, २१ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक वृद्धिदर उत्साजनक रहेको बताएका छन् ।

बाँकेमा आयोजित विभिन्न कार्यक्रमहरूमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले देशमा कुनै समस्या छैन । सम्पूर्ण पार्टीहरूको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रित छ । नेपालले मात्र होइन अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरूले नेपालको आर्थिक विकासको सम्भावना असाध्यै राम्रो छ भनेका छन् ।’

उनले नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथि गएको बताउँदै निकै उत्साह स्थिति रहेको बताए ।

अब सम्पूर्ण रूपले विकास निर्माणमा केन्द्रित हुँदा त्यो आर्थिक वृद्धिदरलाई अझै बढाएर लैजान सकिने उनको विश्वास थियो ।

उनले नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि आफूले सक्दो पहल गर्ने बताए ।

उनले भने, ‘नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्छ भन्ने तपाईँहरूको माग जायज छ । यसमा मेरो पूर्ण समर्थन र पहल हुनेछ,’ अध्यक्ष प्रचण्डले हिल्सा–सुर्खेत रोड ठूलो बनाउन चीनसँग समेत कुरा भएको भन्दै उत्तर दक्षिण सडकमार्ग जोड्न सके नेपालगञ्जको विकासमा ठूलो परिवर्तन आउने बताए ।

तपाईको प्रतिक्रिया