राजदेवी नगरपालिकामा समाजवादी पार्टीको धरना सुरू

राजनीति

राकेश यादव

       

रौतहट २२ कार्तिक । समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले बिहीबारदेखि धरना कार्यक्रम शुरू गरेको छ ।

राजदेवी नगरपालिकामा भएको व्यापक अनियमितताको छानविन हुनु पर्ने लगायतका २५ बुँदे माग राख्दै समाजवादी पार्टी नगर कार्य समितिले नगरपालिकाको परिसरमा आन्दोलनको पहिलो चरणको कार्यक्रम शुरू गरेको नगर अध्यक्ष रामेश्वर प्रसाद यादवले बताएका छन् ।

विभिन्न माग राख्दै बुझाइएको ज्ञापन पत्र अनुसारको माग पूरा नगरेकोले आन्दोलन शुरू गरेको उनले जनाए । माग पूरा नभएसम्म कार्यक्रम जारी रहने उनको भनाइ रहेको छ । पहिलो दिन ११ बजे देखि १ बजे सम्म धरना दिइएको छ ।

धरना कार्यक्रममा समाजवादी पार्टीका जिल्ला, नगरस्तरीय नेता कार्यकताँको उपस्थिति रहेको थियो । ज्ञापनपत्र मार्फत माग गरिएको कागजपत्र उपलब्ध गराइएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत संजय पाण्डेले बताएका छन् ।

तपाईको प्रतिक्रिया