मुस्लिम समुदायहरुले मनाए मुहम्मद जयन्ती

समाचार

       

इमरान खान, कपिलवस्तु, २४ कार्तिक । इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुतालाको व सल्लमको १४९४ औं जन्मउत्सव देशभरिका मुस्लिमहरुले हर्षोउल्लासका साथ मनाएका छन् ।

त्यस्तैगरी कपिलवस्तु जिल्लामा लाखौ भन्दा बढि मुस्लिमहरुले र्याली निकाली हर्षेउल्लासका साथ हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९४ औं जन्मउत्सव मनाएका छन् । नेपालको राष्ट्रिय झण्डा र इस्लामको झण्डा सहित निकालिएको ¥याली कपिलवस्तु जिल्लाको कृष्णनगर, चन्द्रौटा, पकडी , तौलिहवा लगायतका विभिन्न ठाँउ–ठाँउमा परिक्रमा गरेका छन् ।

त्यस्तैगरी कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा लाखौभन्दा बढि मुस्लिमहरुले र्याली निकाली तौलिहवा बजार भरि परिक्रमा गरि कपिलवस्तु जिल्ला तौलिहवाको खेल मैदानमा आएर कोणसभामा परिणत भएको थियो ।

स्थानीय युवाहरु तथा अग्रज व्यक्तित्व, बालबालिकाहरुको सहभागितामा वृहत र्याली निकालिएको थिए । इस्लामिक क्यालेण्डरको तेस्रो महिना रविउल्लअव्वलको १२ तारिखको दिन नेपाली मुस्लिम सहित विश्वभरिका मुस्लिम धर्मावलम्बीहरुले विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरी हजरत मुहम्मद सल्ललाहुताला व सल्लमको १४९४ औँ जन्मउत्सव शदियौ देखि मनाइउँदै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया