अनलाइन माथि कार्यवाही गर्ने रौतहट प्रहरीको चेतावनी

समाचार

       

राकेश यादव, रौतहट, २५ कार्तिक । अनलाइन मिडिया प्रति जिल्ला प्रहरी कार्यालय रौतहटले आक्रोश पोख्दै भ्रामक समाचार प्रसारण गर्ने कार्य नरोकिएमा सम्बन्धित निकाय मार्फत कानुनी कारबाहीको लागि उपचार खोज्ने चेतवानी समेत दिएका छन् ।

विना हस्ताक्षरको जारी गरिएको प्रेस विज्ञप्तिमा संघीय संसद प्रतिनिधि निलंवित सांसद मोहमद आफताव आलम पक्राउ प्रकरणमा केहि अनलाइन न्यूज पोर्टलले तथ्यहीन भ्रामक समाचार प्रकाशन गरेर अदालतमा सुनवाई प्रक्रियामा रहेका मुद्दालाइ प्रभावहीन बनाउन खोजिएकोप्रति जिल्ला प्रहरी कार्यालय रौतहटको ध्यानाकर्षण भएको जनाइएको छ ।

बहाल कानून, विभागीय नीति निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालयले आलमलाइ पक्राउ गरिएको भन्दै प्रहरीले आरोपित पक्राउ लगायतको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहट र जिम्मेवार प्रहरी अधिकृतहरु कर्तव्यच्युत भएको भन्ने उदेश्यले असम्वन्धित कार्यालय र व्यक्तिको सुनियोजित रुपमा जोड़ी केहि अनलाइनले प्रोपगण्डा मचाइरहेको ठहर प्रहरी कार्यालयले गरेका छन् ।

तथ्यहीन एवं अतिरंजित समाचारप्रति भ्रममा नपर्न सवैलाई प्रहरीले विज्ञप्ति मार्फत आग्रह गरेका छन् । प्रहरीले गैर जिम्मेवार बनेर भ्रमपूर्ण समाचार प्रकाशित गर्ने कार्य जारी रहेमा त्यस्ता संचारमाध्यम र व्यक्ति माथि सम्वन्धित निकाय मार्फत कÞानूनी उपचार खोज्ने समेत धम्की दिएका छ ।

तपाईको प्रतिक्रिया