रौतहटमा स्वतन्त्र विद्यार्थी युनियनको प्रदर्शन

समाचार

       

रुपेन्द्र पटेल, रौतहट, २५ कार्तिक । भारत सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाउँदै रौतहटमा स्वतन्त्र विद्यार्थी युनियनले प्रदर्शन गरेको छ । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा विभिन्न नारावाजी गर्दै प्रदर्शन गरिएको हो ।

उनीहरु भारतीय विस्तारवाद मुर्दावाद मिचिएको नेपाली भु—भाग फिर्ता गर ‘गो ब्याक इण्डिया’, ‘हाम्रो देश प्राणभन्दा प्यारो छ’, मोदी सरकार चोर हो भन्दै नारावाजी गर्दै चन्द्रनिगाहपुरको बजारदेखि मुख्य चौक सम्म प्रदर्शन गरेका थिए ।

सो बिरोध प्रदर्शनमा रौतहट स्वतन्त्र विद्यार्थी युनियनका सयौं विद्यार्थीहरुको सहभागीता रहेको थियो भने क्षेत्र नं.४ का सांसद देब प्रसाद तिम्मसिना, प्रदेश सांसद धनलाल ठोक्कर लगायत सयौं हजारौं सर्वसधारणको सहभागिता रहेको थियो ।  केही दिनअघि मात्र भारत सरकारले नेपालको केही भू–भाग समावेश गरी नक्सा सार्वजनिक गरेको थियो । जसको देशभर विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया