राजदूत आचार्यद्वारा भारतीय विदेश सचिवसँग छलफल

समाचार

       

काठमाडौं, २५ कार्तिक । नेपाल–भारतबीच कालापानी सीमा विवादबारे दुई देशका अधिकारीबीच कूटनीतिक पहल सुरू भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतीय नेतृत्वसँग भारतले आफ्नो नक्सामा राखेको नेपाली भूमिबारे छलफल थालेको छ । राजदुत निलाम्बर आचार्यले भारतीय विदेशसचिव विजय गोख्लेसँग भेट गरेर सीमा विवादबारे कुराकानी गरेका हुन् । 

‘राजदूत आचार्य र विदेश सचिव गोख्लेबीच गोख्लेकै कार्यकक्षमा भेटवार्ता भयो । वार्ताका क्रममा सीमा विवादलगायत दुई पक्षीय सम्बन्धबारे छलफल भयो,’ दूतावासले सोमबार ट्विट गर्दै जानकारी दिएको छ । दूतावासका अनुसार भेटमा राजदूत आचार्यले कालापानी क्षेत्र नेपालको भएको अडान दोहो¥याउँदै सीमामा देखिएको समस्या वार्ताबाट तुरून्त हल गर्नु पर्ने धारणा राखेका थिए ।

अहिले नै जारी प्रक्रिया वा आवश्यक परे नयाँ प्रक्रियाबाट भए पनि विवाद चाँडै समाधान गर्नु पर्नेमा आचार्यले जोड दिए । जम्मु कस्मिरलाई दुई केन्द्रशासित क्षेत्र बनाउन भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समेटेपछि नेपालमा विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया