प्रभावकारी बन्दै छोरी बचाऊ कार्यक्रम

समाचार

       

विराटनगर, २६ कार्तिक । पहिलो सन्तान छोरी भएपछि दोस्रो सन्तान छोरा होस् भन्ने आशाले लिंग परीक्षण गरि छोरी भए भु्रण हत्या गर्ने क्रम विराटनगर महानगरपालिकामा पछिल्लो समय बढ्दै गएको छ ।

यस्तो प्रवृत्तिलाई रोक्न विराटनगर महानगरपालिकाका उप–प्रमुख इन्दिरा कार्कीको पहलमा संचालनमा आएको छोरी बचाऊ अभियान प्रभावकारी बन्दै गएको छ । महानगरपालिकाले बनाएको नीतिअनुरूप पहिलो सन्तान छोरी भए दम्पतीलाई नगद पुरस्कार दिने अभियानबाट सुरु भएको उक्त कार्यक्रम प्रभावकारी बनेपछि त्यसलाई बिस्तार गरिएको छ ।

आर्थिक वर्ष २०७५\७६ मा दोस्रो सन्तान पनि छोरी हुने दम्पतीलाई प्रोत्साहन स्वरुप छोरीको नाममा मुद्दति खाता खोलेर २५ हजार रुपैयाँ जम्मा गर्ने कार्यक्रम महानगरपालिकाले अगाडि सारेको छ ।

तपाईको प्रतिक्रिया