कोहलपुर नगरपालिका सडक मानवमुक्त घोषणा

समाचार

       

नेपालगन्ज, २६ कार्तिक । बाँकेको कोहलपुर ‘सडक मानवमुक्त नगर’ बन्नेको छ । कोहलपुर नगरपालिकालाई सोमबार कोहलपुर नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रममा सडक मानवमुक्त नगर घोषणा गरिएको हो ।

नीलसागर आश्रम नेपालगन्जको समन्वय तथा सहजीकरणमा कोहलपुर नगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताए । कोहलपुर नगरपालिका क्षेत्रभित्रका सडकमा रहेका मगन्ते, फकिर, असहाय, बोवारिसे, अनाथ तथा कुनैपनि मनोसामाजिक अवस्थाका मानिसको उद्धार गरिसकिएकाले यस्तो घोषणा गरिएको उनले बताए ।

अब कसैलाई पनि सडकमा बेसहारा वा अनाथ वा भिखारी भएर हिड्न नदिनेसमेत नगरप्रमुख रावतको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया