कपिलवस्तुको रामघाटमा श्रद्धालु भक्तजनको घुँइचो

समाचार

इमरान खान

       

कपिलवस्तु, २६ कार्तिक । कपिलवस्तु जिल्लाको ठूलो र ऐतिहासिक रामघाट मेला गर्न श्रद्धालु भक्तजनको घुँइचो लागेको छ ।

कार्तिक शुक्ल पूर्णिमाका दिन कपिलवस्तु नगरपालिका वडा नं.३ वाँणगंगा नदीको रामघाटमा लाग्ने मेला गर्न मंगलबार विहानै देखि हजारौं भक्तजन घुँइचो लागेको छ ।

हिन्दु धर्मालम्बीहरुको धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएका कारण पनि टाढा–टाढाबाट तीर्थालु एक दिन अगाडि नै आएर रामघाटमा बसने गरेका छन ।

मंगलबार लाग्ने मेलाका लागि सोमबार साँझैबाट रामघाटमा श्रद्धालु भक्तजन आउने क्रम सुरु भएको थियो । राति ३ बजे देखिनै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआर्जन गर्नेको आज लामो लाइन लगेको छ ।

भारतको बस्ती र सिद्धार्थनगर जिल्ला लगायत छिमेकी दाङ, रुपन्देही र नवलपरासीबाट समेत श्रद्धालु भक्तजनहरु आएका मेला ब्यवस्थावन समिति सदस्य रामनेबास यादबले बताए । भारत र जिल्लाकै डेढ सय बढी साधु, सन्त र जोगी मेलामा आएका छन् ।

तपाईको प्रतिक्रिया