जनकपुरधाम, २७ कार्तिक । प्रदेश नं. २ को सरकारले संचालनमा ल्याएको महत्वाकाँक्षी कार्यक्रम बेटी बचाउ, बेटी पढाउ अभियानप्रति अमेरिकी सरकारले चासो व्यक्त गरेको छ ।
प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदुत ¥याण्डी बेरीले आफै जनकपुर पुगेर प्रदेश सरकार, बेटी पढाउ, बेटी बचाउ तथा लक्षित वर्गलाई छुट्टाछुट्टै भेटेपछि कार्यक्रममा सहयोग गर्ने उत्सुकता देखाएका हुन् ।
तीन दिनदेखि जनकपुरमा रहेको राजदूत बेरी सहितको टोलीले बेटी पढाउ, बेटी बचाउको टोलीसँग छलफल गर्दै सहयोग गर्ने उत्सुकता देखाएको कार्यक्रमका संयोजक प्रियंका यादवले जनाएका छन् ।
प्रदेश सरकार बेटी पढाउ, बेटी बचाउ कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा १४ हजार साइकल वितरण, एक सय सामुदायिक विद्यालयमा छात्रा शौचालयको निर्माण, करिब ५ हजार नवजात छोरीहरुको बीमा, महिलाहरुका लागि लोक सेवा कक्षाको तैयारी जस्ता बहुआयमिक कार्यक्रमहरु संचालनमा रहेका छन् ।
उक्त कार्यक्रमहरुमै अमेरिकी दुतावासले सहयोगगर्ने इच्छा व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया