अमेरिकासँग व्यापार युद्धका कारण चीनबाट भारत सर्दै कम्पनीहरु

अर्थ/वाणिज्य

एजेन्सी

       

नयाँदिल्ली (भारत), १० मंसिर । अमेरिका र चीनबीचको व्यापारिक तनाव जारी रहँदा केही कम्पनीहरुले चीन छाडेर भारत आउने भएका छन् । भारतीय मिडियाहरुका अनुसार कम्पनीहरु भारत आउने भएपछि व्यापार युद्धले फाइदा हुने देखिएको छ ।

विश्वकै ठूलामध्येको एक एप्पलको सामग्री आपूर्ति गर्ने कम्पनी सालकोम्प चीनबाट भारत स्थानान्तरण हुन लागेको छ । यसले भारतको चेन्नाईमा नोकियाको बन्द रहेको कारखाना ३ करोड डलरमा खरिद गरेको छ । यो फ्याक्टी« कर विवादमा फसेपछि सन् २०१४ मा बन्द भएको थियो ।

अमेरिका र चीनको व्यापार युद्धको कारण चीनमा रहेका कम्पनीहरुलाई समेत समस्या सृजना हुनथालेको छ । सोही कारण एप्पलले चीनबाट उम्किने प्रयास गरिरहेको छ ।

अमेरिकामा सेलकम्पका अधिकारीहरुका अनुसार केही वर्षभित्रै उक्त कम्पनीले भारतमा आफ्नो ठूलो कारखाना खोल्दै छ । भारतको श्रीपेरम्बदुरमा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा पहिले नै कम्पनीले दुई युनिट स्थापनाको काम गरिरहेको छ । यी दुई युनिटमा सात हजार कर्मचारीले रोजगारी पाउनेछन् ।

नवभारत टाइम्सका अनुसार सेलकम्प अर्को वर्ष मार्चमा यो फ्याक्ट्रीमा काम सुरु गर्ने तयारीमा छ । आगामी पाँच वर्षमा कम्पनीले कारखानामा करिब ३० करोड अमेरिकी डलरको लगानी गर्नेछ ।

सोही कारण भारतमा कम्पनीले दुई अर्ब डलरको सामान निर्यात कर तिर्न सक्नेछ । त्यस्तै आगामी केही समयमै कारखाना खुलेपछि करिब १० हजार जनाले रोजगारी पाउन सक्नेछन् । यो प्लान्ट करिब ११ लाख वर्गफिट जमिनमा फैलिएको छ ।

कम्पनीको कूल उत्पादनमा करिब ६० प्रतिशत एप्पलमै उत्पादन हुने बताइएकोे छ । यसबाहेक फक्सकोन, शाओमी, भिभो र ओप्पो जस्ता कम्पनीका लागि पनि यो प्लान्टबाट वस्तु उत्पादन हुनेछ ।

भारतमा विस्टा«न, फक्सकोन, फ्लेक्स, सनवोडा इलेक्टो«निक्स कर्पोरेसन, सीसीएल डिजाइन, शेनजेन युतो प्याकेजिङ टेक्नोलोजीले पनि आफ्नो उत्पादन युनिट स्थापना गरेर उत्पादन गरिरहेका छन् । —आर्थिक दैनिकबाट साभार

तपाईको प्रतिक्रिया