पंजामा मतदान गर्न मुख्यमन्त्री राउतको आह्वान

राजनीति

       

रौतहट, ११ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले आन्दोलनको उपलब्धि रक्षाका लागि पन्जा छापमा मतदान गर्न आह्वान गरेका छन् ।

रौतहटको गढीमाई नपा २ समनपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले बिगतको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि पन्जा छापमा मतदान गर्न आग्रह गरेका छन् ।

उनले मधेशी , मुश्लिम, दलित, महिलाको हक अधिकारका लागि प्रदेश सरकारले गरेको सबैमा छर्लङ रहेको उल्लेख गर्दै पन्जा छापमा मतदान गरी संघीयतालाई बलियो बनाउन आग्रह समेत गरे ।

उक्त चुनावी सभालाई कृषिराज्यमन्त्री योगेन्द्र राय यादव, राष्ट्रिय सभा सदस्य रामपृत पासवान, प्रदेश सभा सदस्य फुलबाबु, रामकिशोर यादवसहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया