काठमाडौं, १३ मंसिर । आठ केजी सुनसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
त्रिभुवन विमानस्थलबाट बिहीबार राति दुईजना चिनियाँ नागरिक प्रहरीले पक्राउ गरेको हो ।
हङकङबाट नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल आएका उनीहरु विमानस्थल भन्सारमा चेकजाँचको क्रममा पक्राउ परेका परेका हुन् ।
पक्राउ पर्नेहरुमा राहदानी नम्बर ईए ५८०७५९८ बाहक Chen Qinghuang र राहदानी नम्बर ईएच ६५९६६३७ बाहक Chpen Zhaoyang रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट आएका उनीहरुलाई विमानस्थलको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा उक्त सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया