सर्लाही, १३ मंसिर । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले संघीय सरकारले प्रदेश २ सरकारलाई दुई नम्बरी व्यवहार गरिरहेको आरोप लगाएका छन् ।
सर्लाहीको कविलासलिका–६ जमुनियामा गढीमाई मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री रायले प्रदेश २ सरकारलाई पनि अन्य प्रदेशसरह व्यवहार गर्न संघीय सरकारसँग आग्रह गरे ।
‘प्रदेश २ सरकार काठमाडौंको कृपाले बनेको होइन, मधेश आन्दोलन र मधेशी जनताको बलिदानीले बनेको हो,’ मन्त्री रायले भने, ‘त्यसैले संघीय सरकारले समान व्यवहार गर्नुपर्छ ।’
प्रदेशको नाम पनि दुई नम्बर दिने र व्यवहार पनि दुई नम्बरी गरेर संघीय सरकारले प्रदेश २ लाई विभेद गरिरहेको आरोपसमेत मन्त्री रायले लगाए ।
संघीय सरकारले शासन प्रशासनको रिमोट कन्ट्रोल आफ्नै हातमा राखेर संघीयताको मर्ममा प्रहार गरिरहेको समेत मन्त्री रायले दाबी गरे ।
तपाईको प्रतिक्रिया