विराटनगर महानगर परिसरमा ग्लोबलआइएमईको एटिएम सेवा

अर्थ/वाणिज्य

       

विराटनगर, १३ मंसिर । ग्लोबल आइएमई बैंकले विराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ ।

एटिएम बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटिएम सेवाको उद्घाटन गरे । उक्त कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

बैंकले विराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ ।

बैंकले हाल १५३ वटा शाखा,३१ वटा एक्सटेन्सनतथाराजश्व संकलन काउण्टर, १५१वटा एटिएम, १९५ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया