आइएमई डबलको डबलको डबल अफरको बम्पर विजेता खाङ्ग

अर्थ/वाणिज्य

       

काठमाडौं, १३ मंसिर । आइएमईले पर्व लक्षित गरी ल्याएको दसैँमा डबलको डबलको डबल अफरको बम्पर विजेता खत्वे विरेन्द्र खाङ्ग बनेका छन् ।

काठमाडौंमा आयोजित विशेष समारोहकावीच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत खाङ्ग विजेता छनोट भएका छन् । विजेताले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए ।

सेवाग्राही खाङ्गले आफुले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठ(८)गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ रकम प्राप्त गरेका छन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राज गिरिले संयुक्त रुपमा स्टार्ट बटम क्लिक गरि विजेता छनोट गरेका थिए ।

तपाईको प्रतिक्रिया