सुरक्षाकर्मीको घेराबन्दीमा विवादित सरकारी जग्गामा गहुँ छरियो

समाचार

       

कपिलवस्तु, १३ मंसिर । सत्ता पक्ष नेकपाको शक्ति प्रयोग गरे विवादित जग्गा कब्जा गर्ने प्रयास गरिएको छ ।

नेकपाका नेताहरुको चर्को दवावमा शुद्धोधन गाउपालिका वडानं ६ वराहमा कित्ता नम्बर ६ सय २० मा रहेको बिवादीत सरकारी जग्गामा प्रहरी प्रशासनको आडमा जबरजस्ती जोताई गरी गहु छरिएको छ ।

एक बिघा ३ कठ्ठा ६ धुर जग्गाको जोतभोगका बिषयमा रामचन्द्र कुर्मी र समुन्द्री चाईका बिचमा लामो सयम देखि बिवाद रहदै आएको थियो ।

तर बिवादको किनारा नलाग्दै नेकपाका नेताहरुको दवाव पछि बुधवार दिउसो नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८० बढी सुरक्षाकर्मीको सुरक्षा घेरामा त्यहा ट्याक्टरले जोताई गरी गहु छरिएको थियो ।

बिवादीत जग्गामा कसैले खेतीपाती गर्न पाईदैन भनेर बिरोधमा उत्रेका सय बढी गउलेलाई प्रहरीले निर्घात कुटपपिट गरेको थियो । प्रहरीले लाठी जुत्ता मुक्का हानेको पीडीत महिलाहरु बताउछन ।

घटनामा २० बढी महिलाहरुलाई चोट लागेको छ । स्थानीय अमिना खातुनलाई छाती, हातमा बढी चोट लागेको र उनको कपिलस्तु अस्पतमालमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया