स्थलगत अध्ययनका लागि संसदीय टोली कालापानी जाने

समाचार

       

काठमाडौं, १३ मंसिर । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति स्थलगत अध्ययनमा जाने भएको छ ।

उसले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर नयाँ नक्सा सार्वजनिक गरेको थियो । प्रधानमन्त्री केपी ओलीले केही समयअघि नक्सा सच्याउन भारतलाई आग्रह गरेका थिए ।

‘हाम्रो भूमिको स्थलगत अध्ययन गर्न कालापानी जाँदै छौं’, समिति सदस्य कृष्णगोपाल श्रेष्ठले भने, ‘स्थलगत सत्यतथ्यसहित सरकारलाई आवश्यक पहल गर्न समितिबाट निर्देशन दिनेछौं ।’ उपनिर्वाचनपछि स्थलगत अध्ययनमा जानेबारे समितिमा छलफल भएको उनले बताए ।

समितिले अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ । तीन साताअघिको समिति बैठकले नेपालले प्रयोग गरिरहेको नक्सा गलत भएको भन्दै सच्याउन पनि सरकारलाई निर्देशन दिएको हो ।

यसअघि नै कालापानी जाने तयारी गरे पनि सभामुख नभएकाले समस्या परेको समितिका सदस्यको भनाइ छ । सांसदहरुको भ्रमण आवश्यक बजेटका लागि सभामुखले निर्णय गर्नुपर्ने संसद नियमावलीमा व्यवस्था छ ।

उपसभामुख शिवमाया तुम्बाहाङ् फेले सभामुखको अधिकार प्रयोग गर्ने विषयमा समितिका सभापतिहरुसँग छलफल गरेकी थिइन् ।

तर, संसद नियमावलीले सभामुखको अधिकार उपसभामुखमा नसर्ने राय अधिकांश सभापतिले दिएपछि संसद््को दैनिक प्रशासनसमेत प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया