ओप्पोको नयाँ स्मार्टफोन बजारमा

अर्थ/वाणिज्य

       

काठमाडौं, १३ मंसिर । ओप्पोले आफ्नो नयाँ कलरओएस७ भारतको नयाँ दिल्लीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको छ ।

ओप्पोले पहिलो पटक चीनभन्दा बाहिर एण्ड्रोइडमा आधारित आफ्नो सञ्चालन प्रणाली सार्वजनिक गरेको हो ।

नयाँ नारा ‘स्मूथ एण्ड डिलाइटफूल’का साथमा कार्यक्रममार्फत सार्वजनिक नयाँ कलरहोएस’मा प्रयोगकर्ता केन्द्रित अनुभव प्रदान गर्ने सोचका साथ, असिमित डिजाइन अवधारणा, प्राविधिक समाधान तथा नयाँ स्थानियकरण गरिएका फिचर्सहरु समावेश गरेको कम्पनीले जनाएको छ ।

इन्फिनिटी डिजायनका साथमा कलरओएसले युजर इन्टरफेसमा थप सरलीकृत अनुभव प्रदान गर्न लाइटवेट भिजुअल एप्रोच अपनाएको छ ।

यसले प्रयोगकर्तालाई आफ्ना रुचिअनुसारका सामग्रीमा ध्यान केन्द्रित गर्न थप सघाउने कम्पनीको भनाइ छ ।

कलरओएस७ले सरल अन्तक्र्रियाका लागि थप मार्गप्रशस्त गरेको छ । कम्पनीका अनुसार नयाँ मौसमअनुकूल अलार्मले स्वचालितरुपमा मौसमअनुसार अलार्म साउण्ड समायोजित गर्छ ।

साथै, नयाँ आर्टिस्ट वालपेपर प्रोजेक्ट अनुसार अब प्रयोगकर्ताले समय र स्वाइपका आधारमा परिवर्तन हुने थप जीवन्त वालपेपरको मज्जा लिन सक्ने कम्पनीको भनाइ छ ।

चार्जिङ, मौसम तथा एप डिलेट गर्दाका लागि यसमा नयाँ एनिमेसनको व्यवस्था गरिएका छन् । कलरओएसको समग्र साउण्ड सिस्टम अपग्रेडका लागि ओप्पोले डेनमार्कको अडियो डिजाइन कम्पनी ईपिक साउण्डसंग सहकार्य गरेको छ ।

युआई फस्र्ट अवधारणामा आधारित कलरओएसमा तीव्र र सहज अनुभव प्रदान गर्ने सोचका साथ ओफस, ओमेम र ओसेन्स लगायत पनि समावेश गरिएका छन् ।

तपाईको प्रतिक्रिया