नेपालमा चिनियाँ बैंकका शाखा खोल्न पहल

अर्थ/वाणिज्य

       

काठमाडौं, १३ मंसिर । अर्थ मन्त्रालयले नेपालमा चिनियाँ वाणिज्य बैंकका शाखा खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

चीनसँग भएको सहमति कार्यान्वयन गराउन अर्थले केन्द्रीय बैंकलाई पत्राचार गरेको हो ।

गत कात्तिक ७ मा नेपाल–चीनको तिब्बत व्यापार सहजीकरण समिति (एनटीटीएफसी)को नवौं बैठकमा दुई पक्षबीच १२ बुँदे सहमति भएको थियो । त्यसमा एकआपसमा वाणिज्य बैंकका शाखा खोल्ने उल्लेख छ ।

चिनियाँ पक्षले गरेको प्रस्तावमा सहमति जनाउँदै नेपालले चिनियाँ वाणिज्य बैंक खोल्न अनुमति दिन बताएको थियो ।

पाल पक्षले वैदेशिक बैंकलाई नेपालमा शाखा खोल्न दिने पर्याप्त व्यवस्था भएको जानकारीसमेत गराएको थियो । दुवै पक्षबीच केन्द्रीय बैंक तथा वाणिज्य बैंकका शाखा कार्यालय खोल्नेमा सहमति भएको थियो ।

तपाईको प्रतिक्रिया