राष्ट्रपति भण्डारीद्वारा तिलकोत्सव

समाचार

       

जनकपुरधाम, १३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जनकपुरधामको बाह्रबिघा मैदानमा आयोजित भव्य समारोहकाबीच शुक्रबार भारतीय जन्तीको स्वागतका साथै तिलकोत्सव गरिएको छ ।

भारतको अयोध्याबाट आएका जन्तीको जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतबाट आएका जन्तीलाई अबिर फूलमाला र दोसल्ला ओढाएर सम्मान गरेकी छन् ।

उनले राम, लक्ष्मणसहितको प्रतीकको रुपमा भारतबाट आएका युवाहरुलाई तिलक लगाइदिइन् ।

राष्ट्रपतिसहित जनकपुरधामका तर्फबाट अतिथिले समेत तिलकरुपी टीका लगाइदिएका थिए ।

तिलकोत्सव सकिएलगत्तै भारतको अयोध्याबाट जन्तीहरुले ल्याएको भार (कोसेली) जानकी मन्दिरमा लगिएको थियो ।

समारोहमा राष्ट्रपति भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्मन्त्री योगेश भट्टराई, भूमिसुधार तथा व्यवस्था मन्त्री पदमा अर्याल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीलगायत सहभागी गिए ।

तपाईको प्रतिक्रिया