भैरहवा मेलामा लुुम्बिनी भ्रमणको निम्तो

समाचार

       

भैरहवा, १५ मंसिर । भैरहवामा जारी लम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ मा अवलोकन गर्ने दर्शकहरुलाई लुम्बिनी भ्रमणको निम्ता दिइएको छ ।

नेपाल भ्रमण बर्ष २०२० का सदस्य तथा लुम्बिनी प्रेस क्लबका सल्लाहकार चेतन पन्तको संयोजन तथा लुम्बिनी प्रेस क्लब र मेला आयोजक संस्था उद्योग व्यापार संगठनको आयोजनामा महोत्सव प्रवेशद्वारबाट महोत्सव प्रवेश गर्ने दर्शकलाई भ्रमणको निम्ता दिइएको हो ।

प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ लाई थोरै भएपनि सघाउने उद्देश्यले महोत्सव प्रवेश गर्ने दर्शकलाई लुम्बिनीको परिचय झल्कने ब्रोसर सहित निम्ता दिइएको कार्यक्रम संयोजक चेतन पन्तले बताए ।

आफुले अमेरिका भ्रमणको क्रममा त्यहाँका विभिन्न स्थानमा लुम्बिनीको प्रचार प्रसार गर्दै लुम्बिनी भ्रमणको निम्ता दिए पश्चात आन्तरिक पर्यटकलाई पनि लुम्बिनी भ्रमणको निम्ता दिने उद्देश्यले महोत्सवमा करिब ५ सय निम्तो बाँडीएको पन्तले बताए ।

तपाईको प्रतिक्रिया