छिन्नमस्ता–७ मा राजपा–समाजवादी गठबन्धन विजयी

समाचार

       

सप्तरी, १५ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाअध्यक्षमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रमिलादेवी यादव विजयी भएकी छन् ।

राजपा र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवार भएकी प्रमिला ५ सय ४० मत प्राप्त गरी विजयी भएकी हुन् ।

राजपा र समाजवादीले छिन्नमस्ता गाउँपालिकामा संयुक्त उम्मेद्वार खडा गरेका थिए । चुनावी सहकार्य भएपछि राजपाको उम्मेदवारलाई मतदान गर्ने निर्णय गरिएको थियो ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका अच्छेलाल यादवले ५ सय २९ मत प्राप्त गरे । कुल १ हजार ४ सय ३ मतदातामध्ये १ हजार १ सय १४ जनाले मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया