प्रधानमन्त्री ओलीलाई थप उपचारमा सहयोग गर्ने मोदीको प्रस्ताव

समाचार

       

काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री ओलीको थप उपचारमा सहयोग गर्ने प्रस्ताव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेक छन् ।

प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले पठाएको स्वास्थलाभको सन्देश सो कुराको प्रस्ताव गरिएको छ ।

प्रधानमन्त्री ओलीको मंगलबार मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । उनी अहिले सेन्टरको सघन उपचार कक्षमा छन् ।

उनले नेपाल भारत सम्बन्धलाई थप उचाईमा पुर्याउन ओलीसँग थप सहकार्यका लागि आफू तयार रहेको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया