अन्ततः पिपरामा नेकपाले बाजी मार्यो

समाचार

       

महोत्तरी, १५ मंसिर । उपनिर्वाचनअन्तर्गत प्रदेश २ को महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि भएको चुनावमा अन्ततः नेपाल कम्युनिष्ट पार्टी (सूर्य छाप)ले बाजी मारेको छ ।

नेकपाका विक्रम चौधरीले ३ हजार २४९ मत प्राप्त गरी निर्वाचित भएका छन् भने निकटतम प्रतिद्धन्द्धी समाजवादी पार्टीका रामजानकी यादव ३ हजार ४१ मत ल्याए ।

त्यस्तै राजपाकी रविताकुमारी चौधरीले २ हजार ९६६ मत प्राप्त गरेकी छन् भने कांग्रेसका बिजयकुमार यादवले १ हजार ९३५ मत प्राप्त गरे ।

यसअघि पिपरा गाउँपालिका अध्यक्षमा राजपाबाट विनोद चौधरी निर्वाचित भएका थिए ।

मतगणनाका बेला निकै रोचक देखिएको त्रिपक्षीय भीडन्तमा नेकपाले बाजी मारेको हो ।

मतगणनाको सुरुवाती अवस्थमा राष्ट्रिय जनता पार्टी नेपालले अग्रता लिँदै आएको थियो भने नेकपाले पछ्याउँदै आएको थियो ।

परिणाम अन्तिमसम्म आइपुग्दा बाजी पल्टिएको हो ।

तपाईको प्रतिक्रिया