माधव नेपाललाई विशेष दूतको रुपमा दिल्ली पठाउने तयारी

समाचार

       

काठमाडौं, १५ मंसिर । भारतले गरेको भनिएको कालापानी क्षेत्रको अतिक्रमणका विषयमा कुरा गर्न सरकारले नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतको रुपमा दिल्ली पठाउने तयारी गरेका छन्।

प्रधानमन्त्री केपी ओलीले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न नेता नेपाललाई विशेष दूतका रुपमा दिल्ली पठाउने तयारी थालेका हुन ।

नेकपा सचिवालयका एक सदस्यका अनुसार त्यसका लागि कुटनीतिक च्यानलबाट भारतीय प्रधानमन्त्री मोदीसँग सम्पर्क गरेर भेटवार्ताको व्यवस्था मिलाउने प्रयास भइरहेको छ ।

सरकारले विशेष दूतका रुपमा पठाउन लागेको टोलीमा नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहने छन् ।

प्रधानमन्त्रीको पत्र सहित विशेष दूत पठाउनुअघि भारतीय प्रधानमन्त्री मोदीको समय लिनु पर्ने हुन्छ तर मोदीले अहिले यस विषयमा नेपाली पक्षसँग कुरा गर्न नै चाहेका छैनन् ।

तपाईको प्रतिक्रिया