अयोध्याका जन्तीलाई वीरगन्जमा पनि स्वागत

समाचार

       

वीरगञ्ज, १५ मंसिर । अयोध्याबाट जनकपुरधाम आएका जन्तीलगायतका पाहुनालाई वीरगन्जमा पनि स्वागत गरिने भएको छ ।

विगतमा झैँ यो वर्ष पनि अयोध्याका पाहुना वीरगन्जको बाटो भएर फर्कंदा वीरगन्जमा स्वागत गरिन लागिएको हो ।

मंसिर १७ गते बिहान ८ बजे जनकपुरधामबाट बिदा भई मध्यान्ह २ बजे वीरगन्ज आइपुग्ने अयोध्याका पाहुनालाई विश्व हिन्दु परिषद् नेपाललगायतका संघ संस्थाको अगुवाइमा वीरगन्जमा पनि स्वागत गर्ने तयारी रहेको विश्व हिन्दु परिषद् नेपालका पर्सा अध्यक्ष ओमप्रकाश साह कानुले बताए ।

अयोध्याका पाहुनालाई विश्वहिन्दु परिषद् पर्सा, ब्राम्हण समाज नेपाल पर्सा, शिक्षाविद्, समाजसेवीलगायतले सम्युक्त रूपमा सम्मान र बिदाइ गर्ने तयारीमा जुटेको समाजसेवी जसपाल सिंहले बताए ।

भारतको अयोध्याका पाहुनालाई वीरगन्जमा स्वागत र सम्मान तथा भोजन गराउने कुरा विश्व हिन्दु परिषद् नेपाललगायत संस्थाका अगुवाले वीरगन्जमा पत्रकार सम्मेलन गरी जनाएका हुन् ।

तपाईको प्रतिक्रिया