चिनियाँ टोली लुम्बिनीमा

समाचार

       

रुपन्देही, १६ मंसिर । काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली लुम्बिनी गएको छ ।

चीनको राष्ट्रिय रेल्वे प्रशासनका कर्मचारी र नेपालको रेल विभागका कर्मचारीले सम्भाव्यता अध्ययनका लागि त्यसतर्फ प्रस्थान गरेको हो ।

काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भएको थियो ।

चिनियाँ टोलीले मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाइ सकेको छ ।

चीन सरकारले काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गमा चासो देखाएपछि पूर्वसम्भाव्यता अध्ययन भएको हो । अध्ययनमा काठमाडौँबाट पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग सम्भव छ भन्ने देखिएको थियो ।

तपाईको प्रतिक्रिया