आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नेपाली अधिकारीहरुको भारतमा प्रशिक्षण

समाचार

       

काठमाडौं, १६ मंसिर । नेपाल सरकारका २१ अधिकारीहरुको तेस्रो समूहले भारतको फरिदाबादस्थित नेशनल एकेडेमी अफ कस्टम्स, इनडाइरेक्ट ट्याक्सेज बलम नार्कोटिस (नासिन) मा “सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे ६ दिने प्रशिक्षण सुरु गरेका छन् ।

नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरुका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो ।

नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ ।

भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रमअन्तर्गत रहेको छ ।

यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ ।

यसअघि नेपाली अधिकारीहरुका दुई ब्याचले भारतमा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुिद्धकरण क्षेत्रमा नासिन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो ।

योे एशिया प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यता प्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो र अन्यअन्तर्राष्ट्रिय संस्थाहरु जस्तै युएनइपी, युएनओडीसी, सासेक आदिसँग मिलेर काम गर्दछ ।

तपाईको प्रतिक्रिया