नेपाल–भारतबीच बहुआयामिक सम्बन्ध : सहअध्यक्ष श्रेष्ठ

राजनीति

       

काठमाडौं, १६ मंसिर । समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र श्रेष्ठले नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध रहेको बताएका छन् ।

नेपाल–भारत सीमा विवाद उठेको बेला सम्बन्धमा कुनै असर नगरेको उनको दाबी छ । मधेशवाणी रेडियो कार्यक्रमको एक अन्तर्वार्तामा उनले यस्तो दाबी गरेका हुन् ।

उनले नेपाल र भारतबीच सरकार–सरकारबीच मात्र सीमित नरहेको बताउँदै जनता–जनताबीचको सम्बन्ध रहेकोले कसैले चाहेर पनि यो सम्बन्धमा दरार ल्याउन नसक्ने ठोकुवा गरेका छन् ।

विवादित भूमिको विषयमा नेपालमा छिमेकी राष्ट्रको झण्डा वा प्रधानमन्त्रीको पुतला दहनप्रति दुःख व्यक्त गरेका छन् । यस समस्यालाई कुटनीतिक पहलबाट समाधान गर्नुपर्ने उनको तर्क थियो ।

केही असमान सन्धी सम्झौतालाई समयसापेक्ष बनाउनुपर्ने धारणासमेत उनले राखेका छन् ।

तपाईको प्रतिक्रिया