अमेरिकासँगको सम्झौता कार्यान्वयन नगर्न सुझाव

फिचर

       

काठमाडौं, ३० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा १२ जना नेताहरूले आफ्नो धारणा राखेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि नेताहरुले धारणा राखेका हुन् ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा नेताहरूले पार्टी्भित्र विधि र पद्धतिको पालना कसरी गराउने ?, पार्टीमा विसंगती र भ्रष्टिकरणको प्रकृया कसरी कम गर्ने ? भन्ने विषयमा धारणा राखेका थिए ।

यसका साथै पार्टी संगठनको निर्माण प्रकृया तथा एकीकृत, शक्तिशाली विचार र नेतृत्वमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा स्थायी कमिटी सदस्यहरुले धारणा राखेको उनले जानकारी दिए ।

उनका अनुसार सरकारका कमजोरी सच्याउने बारेमा ध्यानाकर्षण गराउँदै वैचारिक प्रश्नमा समेत छलफल भएको थियो ।

बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतका कार्यक्रमहरु सदनबाट पारित नगर्न पनि नेताहरुले माग गरेका छन् ।

स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई, भीम रावल र देव गुरुङले एमसीसीका कार्यक्रमहरु संसदबाट पारित हुन नदिन माग गरेका हुन् । बैठकमा एमसीसी परियोजनाभित्र धेरै रहस्य लुकेको नेता गुरुङले बताएका थिए ।

अमेरिकाले घोषणा गरेको इण्डो—प्यासिफिक रणनीतिमा एसिया प्रशान्त क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाउने प्रस्ताव रहेको उनको भनाइ थियो ।

नेपाल सरकार र एमसीसीबीच पाँच वर्षअघि सम्झौता भएको थियो । झण्डै ५५ अर्ब रुपैयाँको विकास साझेदार योजना संसदले पारित नगर्दा अहिलेसम्म उक्त सम्झौता कार्यान्वयनमा आउन सकेको छैन । बैठक मंगलबार ११ बजे बस्ने गरी स्थगित भएको छ । नयाँपत्रिका डटकमबाट

तपाईको प्रतिक्रिया