बौद्ध धर्मावलम्बीलाई दबाउने चिनियाँ नीति

फिचर

       

तिब्बती बौद्ध धर्मावलम्वीहरूलाई लामो समयदेखि दबाउँदै आएको कम्युनिष्ट चीनले सिञ्जियांग प्रान्तका लाखौं उइगुर मुश्लिमहरूमाथि समेत दमन–चक्र चलाएको प्रति नेपाल रिपब्लिक पार्टी तीव्र आक्रोश व्यक्त गर्दछ ।

कम्युनिष्ट विचारधाराप्रति असहमतहरूलाई भौतिक रूपमा समाप्त पार्न रत्तिभर नहिचकिचाउने चीनले बौद्ध र मुश्लिमहरूप्रति देखाएको आततायी व्यवहारले प्रजातन्त्र, मानवअधिकार, धार्मिक र अभिव्यक्तिको स्वतन्त्रताविरोधी असभ्य एवं सर्वसत्तावादी चरित्र फेरि एकपटक उदांगो पारेको हाम्रो ठहर छ ।

दलाई लामाको अवतार घोषणा गर्नेजस्तो तिब्बती जनताको नितान्त धार्मिक मामिलामा समेत हस्तक्षेप गर्न खोज्ने चीनको दुष्प्रयास सर्वथा अक्षम्य रहेको छ ।

यसैक्रममा हङकङको प्रजातन्त्र, स्वायत्तता र मानवअधिकारको आन्दोलनलाई दमनका भरमा समाप्त पार्ने चिनियाँ कम्युनिष्ट सरकारको कुटिल नियतका विरूद्ध अमेरिका–युकेलगायत समग्र प्रजातन्त्रवादी विश्व समुदाय एकमत बन्दै आएको कुरा जति स्वागतयोग्य छ, उनीहरूलाई चेतावनी दिने चीनको दुस्साहस उत्तिकै भत्र्सनायोग्य रहेको छ ।

अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘द हङ्गकङ्ग ह्युमन राईट्स एण्ड डेमोक्रेसी एक्ट’ लाई मञ्जुरी दिनुभएको छ । यस एक्टमुताविक अमेरिकाले यसको वार्षिक समीक्षा गर्छ कि चिनसित हङ्गकङ्गको स्वायतता बनिरहोस् ।यस कदमको नेपाल रिपब्लिक पार्टी स्वागत गर्दछ र डोनाल ट्रम्पलाई धन्यवाद दिन चाहन्छ । हङ्गकङ्गको स्वायत्तता आन्दोलनलाई नेपाली जनताको पूर्णसमर्थन र ऐक्यबद्धता सदैव रहिरहन्छ ।

नेपाली मूलका हङ्गकङ्ग नागरिकप्रतिको सुरक्षालाई लिएर चिन्तित पनि छौं । नेपाल रिपब्लिक पार्टी चीनले तिखार्न थालेका दाह्रा–नंग्रा भाँचेर चीनलाई उसको थान्कोमा पु¥याउन र चीनमा प्रजातन्त्र, धार्मिक स्वतन्त्रता, मानवअधिकार र अभिव्यक्तिको स्वतन्त्रता बहल गराउन समग्र प्रजातान्त्रिक विश्व समुदायलाई हार्दिक अपिल गर्दछ । चीनको विक्षिप्त महत्वाकांक्षा र सर्वसत्तावादी आकांक्षालाई समयमै तह लगाइएन भने यो समग्र विश्व र मानव सभ्यताकै निम्ति खतरनाक सावित हुनसक्छ भनने कुरा सबैले बुझेकै हुनुपर्छ ।

विभिन्न आवरणमा नेपालमा आफ्नो पञ्जा फैलाउने र बौद्ध धर्मका नाममा बौद्ध धर्म–संस्कृतिलाई नै विकृत बनाउने काममा कम्युनिष्ट चीन प्रत्यक्ष र त्यसभन्दा बढी परोक्षरूपमा आक्रामक तवरले सक्रिय हुन थालेको प्रति समेत नेपाल रिपब्लिक पार्टी तीव्र आक्रोश व्यक्त गर्दछ ।

विविध आवरणमा नेपाललाई आफ्नो प्रभाव क्षेत्र बनाउने र चलखेल गर्ने यस्तो दुस्साहस तत्काल बन्द गर्न हाम्रो पार्टी प्रजातन्त्रप्रेमी नेपाली जनताका तर्फबाट कम्युनिष्ट चीनलाई चेतावनी दिन चाहन्छ । सानो राष्ट्र भनेर नेपाललाई हेप्न र हाल हाम्रो देशमा सत्तारूढ कम्युनिष्ट पार्टीको भरमा नेपालमा चलखेल गर्न सपना चीनले नदेखे हुन्छ । नेपाली जनताले उसको त्यो आकांक्षा कहिल्यै पूरा हुन दिने छैनन् । –राष्ट्रवाणी राष्ट्रिय साप्ताहिक

तपाईको प्रतिक्रिया