प्रदेश ३ को नाम बागमती र राजधानी हेटौडा

राजनीति

       

हेटौडा, २७ पुस । प्रदेश ३ को नाम बागमतीको र स्थायी राजधानी हेटौडा कायम भएको छ । प्रदेश ३ को नाम बागमती राख्ने बिषयमा सबै दलहरु सहमती निर्वाचन मार्फत त्यसको टुग्गो लागेको हो ।

नाम र राजधानीमा विषयमा आज भएको मतदान प्रक्रियामा १०८ जना सांसदहरुले मतदान गरेका थिए । राजधानी हेटौडा कायम गराउन १०५ सांसदले मतदान गरेका थिए । यस्तै बागमती नामको लागि सबै दलका १०८ सांसदहरुले मतदान गरेका थिए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो । त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो । जसमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए । प्रदेशको स्थायी राजधानीको विपक्षमा देखिएको विवेकशिल साझाले समेत प्रदेशको नाम बागमतीमा सहमती जनाएसँगै प्रदेश ३ को नाम बागमती र राजधानी हेटौडा कायम भएको हो ।

 

तपाईको प्रतिक्रिया