अध्यक्ष गोल्याणद्वारा सपथ ग्रहण

अर्थ/वाणिज्य

       


काठमाडौं, २८ पुस । एनएमबी बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणले सपथग्रहण गरेका छन् ।
गत बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा सम्पन्न एनएमबी बैंक लिमिटेडकोे २४औं वार्षिक साधारणसभाले गोल्याणलाई संस्थापक सेयरधनीको प्रतिनिधि चयन गरेको हो ।
गोल्याणलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले एनएमबी बैंकका सञ्चालक समितिका अध्यक्षको रूपमा पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन् ।

तपाईको प्रतिक्रिया