भारतबाट ५०० मेगावाट बिजुली आयात

अर्थ/वाणिज्य

       

काठमाडौं, २८ पुस । विद्युत् सेवाको पहुँचमा भएका नेपालीहरुले पछिल्ला केही वर्षदेखि लोडसेडिङको मार खेप्नुपरि रहेको छैन । लोडसेडिङ नहुनुलाई धेरैलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कुशल व्यवस्थापकीय क्षमता पनि माने ।

त्यो केही हदसम्म साँचो पनि देदियो योभन्दा महत्वपूर्ण कुरा त लोड सेडिङ अन्त्यको पहिलो कारण थियो–भारतबाट आयत गरिएको बिजुली ।

नेपालमा अहिले नेपाल विद्युत् प्राधिकरणले ५ सय मेगावाट बिजुली उत्पादन गरिरहेको नेपाल विद्युत् प्राधिकरणले ५ सय मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

यसमा निजी क्षेत्रले ३ सय मेगावाट बिजुली उत्पादन गर्छ । अथात् नेपालको आन्तरिक उत्पादन भनेको ८ सय मेगावाट मात्रै हो । यति मात्रै बिजुलीको भर पर्ने हो भने अहिले पनि लोडसेडिङ निश्चित छ ।

तर यसमा भारतबाट ५ सय मेगावात बिजुली आयात भइरहेका छ । यही आयातित बिजुलीले नेपाल उज्यालो भएको छ । अर्थात् अहिले पनि नेपालको आन्तरिक उत्पादनले माग धान्न सक्ने अवस्था छैन । नेपालमा १ हजार ३ सय मेगावाट विद्युत् माग छ । यो माग पूरा गर्नका लागि नेपालभित्रै थप ५ सय मेगावाट बिजुली उत्पादन हुनुपर्छ ।

यति भयो भने मात्रै नेपालको आन्तरिक उत्पादनले देशको आवश्यकता धान्छ । देशको आवश्यकता पूरा गर्न एउटै योजना नै पर्याप्त छ । त्यो हो– माथिल्लो तामाकोसी जलविद्युत् आयोजना दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसीको अधिकांश काम सकिएको छ ।

अत्यन्तै जटिल मानिएको २ प्रतिशत बाँकी काममा यो आयोजना अल्झिएको छ । यो काम चालु आर्थिक वर्षको अन्त्यसम्ममा सकिने र विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । त्यसो हुन सक्यो भने राष्ट्रिय प्रसारण लाइनमा ४५६ मेगावाट बिजुली थपिनेछ । जुन नेपालको मागअनुसार लगभग पूरा हुन्छ ।

तामाकोसीको ४५६ मेगावाटसहित यही आर्थिक वर्षमा १ हजार मेगावाट राष्ट्रिय प्रसारण लाइनमा थपिनेवाला छ । यति बिजुली थपिनु नेपाली अर्थतन्त्रका लागि समेत महत्वपूर्ण छ ।

यसले भारतबाट आयात भइरहेको ५ सय मेगावाट बिजुलीलाई रोक्छ भने पेट्रोलियम पदार्थको आयातमा पनि न्यूनीकरण गर्न सक्छ । तर यसका लागि सरकारले आन्तरिक रुपमै विद्युत्को अपत बढाउने विभिन्न खाले कार्यक्रम डिजाइन गर्न थालिएको छ ।

सरकारले केही नीतिगत नै फेरबदलको तयारी गरेको छ भने नेपाल विद्युत् प्राधिकरणले पनि विद्युत् नियम आयोजनालाई केही सुझाव दिएको छ । जुन कार्यान्वयनमा आएको खण्डमा हेर्दा हेर्दै नेपाली अर्थतन्त्रका केही सूचक सकारात्मक बन्नेछन् ।

तपाईको प्रतिक्रिया