प्राइम बैकद्वारा अनाथ छात्रछात्रालाई न्यानो स्वेटर

अर्थ/वाणिज्य

       

काठमाडौं, २८ पुस । प्राइम कमर्सियल बैंक लिमिटेडले अनाथ छात्रछात्राहरुलाई न्यानो स्वेटर वितरण गरेको छ ।

सोमबार बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बाल सारथी एकेडेमी, जयवागेश्वरीमा स्वेटर वितरण गरेका छन् ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाल सारथी एकेडेमीका कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूूर्ण अनाथ छात्र छात्राहरुलाई न्यानो स्वेटर वितरण गर्नुुका साथै भोजन समेत गराइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया