उपत्यकामा मेगा बैंकको थप चार एक्सटेन्सन काउन्टर

अर्थ/वाणिज्य

       


काठमाडौं, २८ पुस । मेगा बैंक नेपाल लिमिटेडले उपत्यकामा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।
बैंकले काठमाडौं, भक्तपुर र ललितपुरको विभिन्न ठाउँमा गरी चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
काठमाडौंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा एक्सटेन्सन काउन्टर विस्तार गरेको हो ।
अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ । एक्सटेन्सन काउन्टरको विस्तारपछि सेवाग्राहीहरूलाई सहज हुने मेगा बैंकको विश्वास छ ।

तपाईको प्रतिक्रिया