प्रदेशसभा बैठकलाई सहज बनाउन प्रविधि जडान

समाचार

       

धनगढी, २९ पुस । सुदूरपश्चिम प्रदेशसभा भवनमा थप प्रविधि जडान गरिएको छ । हिउँदे अधिवेशनदेखि प्रदेशसभा सञ्चालनको प्रत्यक्ष प्रसारण गर्न ‘यु ट्युब’ लाइभका लागि आवश्यक प्रविधि जडान गरेको प्रदेशसभा सचिवालयले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रदेशसभा बैठकलाई सहज, मर्यादित बनाउने र सूचना सङ्कलन एवं प्रवाहको कार्यलाई सहज बनाउने उद्देश्यले थप प्रविधि जडान गरिएको हो । 

त्यसैगरी प्रदेश सभा सदस्यको टेबुलमा डिजिटल माइककको व्यवस्थाका साथै रेकर्डिङ् सिस्टम पनि स्तरोन्नति गरिएको जनाइएको छ । प्रदेशसभा हल, मिडिया सेन्टर र आफ्नो कार्यकक्षमा डिस्प्ले जडान भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

‘‘यसले गर्दा प्रदेशसभा भित्रका सबै बैठक गतिविधिको जानकारी सहज रुपमा हुनेछ’’, उनले भने । प्रदेशको नौवटै जिल्लासँग प्रदेशसभाको सम्बन्ध स्थापना र सूचना आदानप्रदान गर्न पत्येक जिल्लाको जिल्ला समन्वय समिति कार्यालय र प्रदेश सभामा ‘भिडियो कन्फेन्स’को व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसले संसदीय गतिविधिका साथै कानुन निर्माणको सवाल जनाताको बीचमा पु¥याउन सजिलो हुने सभामुख थापाले विश्वास व्यक्त गरे ।

 

तपाईको प्रतिक्रिया