अमेरिकी राष्ट्रपति ट्रम्पले भारत भ्रमण गर्ने

समाचार

       

नयाँ दिल्ली, २९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणको योजनामा छन् । अमेरिकी अधिकारीहरूका अनुसार फेबुअरीमा ट्रम्पले भारतको पहिलो भ्रमण गर्नेछन् ।

दुवै देशले यतिबेला ट्रम्पको भ्रमण तालिकाको विषयमा छलफल गरिरहेको भारतीय अधिकारीहरुलाई उदृतगर्दै ब्लुमबर्गले जनाएको छ ।  

भारत भ्रमणका क्रममा ट्रम्प र मोदीले हवाई क्षेत्रको विषयमा महत्वपुर्ण सम्झौता गर्नेछन् ।

भारतीय पत्रिका हिन्दुका अनुसार ट्रम्प र मोदीबीच लामो समयदेखि रोकिएको द्विपक्षीय व्यापार सम्झौतामा हस्ताक्षर पनि हुनेछ । गतवर्ष व्यापार विवादका कारण ट्रम्पले भारत भ्रमणको निम्तो अस्वीकार गरेका थिए ।

तपाईको प्रतिक्रिया